गृहले प्रहरीमा छड्के हान्ने

पत्रपत्रिकाबाट

विहीबार, २१ भदौ २०७५, ०८ : २४
गृहले प्रहरीमा छड्के हान्ने

गृह मन्त्रालयले मातहतका प्रहरी कार्यालयका कार्यशैली तथा गतिविधि अनुगमन गर्न पाँच सदस्यीय अनुगमन टोली बनाएको छ ।

प्रहरीको कार्यसम्पादनबारे जनस्तरबाट धेरै गुनासो आएको भन्दै मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी सुरक्षा तथा समन्वय महाशाखाका प्रमुख एवं सहसचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा अनुगमन टोली बनाएको हो ।

टोलीलाई देशभरका प्रहरी कार्यालयका प्रमुख तथा मातहतका प्रहरी अधिकारीको गतिविधि अनुगमन गर्ने जिम्मेवारी तोकिएको छ ।

मन्त्रालयमा प्रहरी कर्मचारीविरुद्ध धेरै उजुरी पर्न थालेपछि गृहमन्त्री रामबहादुर थापाले प्रहरीको कामकारबाहीबारे छड्के (क्रसचेक) गर्न अनुगमन टोली गठन गरेका हुन् । गृहमन्त्री थापाले गत साता गठन गरेको टोलीमा सहसचिव सुवदीसहित गृह मन्त्रालयका उपसचिव सदस्य छन् ।, यो खबर आजकोनागरिक दैनिकमा छ ।

 

प्रतिक्रिया दिनुहोस