काठमाडौं । चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स) छपाइको लागि प्रयोग हुने कार्ड आज आउँदै छ । करिब ८ महिनादेखि सकिएको लाइसेन्सको छपाइ कार्ड आज आउने तायारीमा रहेको हो ।
कार्ड आइपुगेसँगै विभागले दैनिक १० हजार स्मार्ट लाइसेन्स छाप्ने गरी तयारी गरिरहेको छ। त्यस्तै यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले लाइसेन्स छपाइको लागि प्रयोग हुने यस्तो कार्ड आज (बिहीबार) नेपाल आइपुग्दैछ र आगामी माघको पहिलो सातादेखि भने लाइसेन्स छपाइको काम पुनः सुरू हुन्छ ‘कार्ड सकिएर करिब ८ महिनादेखि छपाइ रोकिएको थियो। आज कार्ड आइपुग्छ। एक साताको परीक्षणपछि माघको पहिलो सातादेखि लाइसेन्स छाप्न थाल्छौं, उनले भने।’ पहिलो चरणमा कम्पनीले ६ लाख कार्ड हवाई कार्गो गरेर पठाएको छ। बाँकी ६ लाख दोस्रो चरणमा ४५ दिनपछि नेपाल आइपुग्ने महानिर्देशक रिजालले बताए। कम्पनीले १४ लाख ९८ हजार ८० डलरमा १२ लाख कार्ड छाप्ने ठेक्का पाएको हो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २६ पुस २०८०, १४ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शङ्कास्पद लाइसेन्स परीक्षणमा
सवारी लाइसेन्सको त्रुटि अब प्रदेश कार्यालयबाट सच्याउन पाइने
‘स्मार्ट लाइसेन्स’ सक्कली कि नक्कली जाँच्नै समस्या
एनसेलको लाइसेन्स पाँच वर्षलाई नवीकरण
एकाएक किन रोकियो लाइसेन्सको ट्रायल ?
काठमाडौँ उपत्यकाका चार वटा ट्रायल सेन्टरमा रोकियो लाइसेन्सको ट्रायल