तनहुँ । तनहुँमा भएको जीप दुर्घटनामा मृत्यु हुनेको संख्या २ पुगेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी मोहन बहादुर खाँणका अनुसार दुर्घटनामा घाइतेमध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
जिपमा सवार रुम बहादुर बिक र जेमलाल दरैको उपचारको क्रममा जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारा तनहुँमा मृत्यु भएको उनले जानकारी दिए । बुधबार बिहान साढे ९ बजे भिमाद नगरपालिका वडा नम्बर ३ सुनाकोटमा पोखराबाट पाल्पातर्फ जाँदै गरेको ग १ ज ६३५६ नम्बरको जिप सडकबाट करिब १५० मिटर तल खोलामा खस्न पुगेको थियो ।
खाँणका अनुसार अन्य १० घाइतेहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ । घाइतेहरु मध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको अवस्था मध्यम छ । यस्तै ३ जनाको अवस्था सामान्य रहेको उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २५ पुस २०८०, १२ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कालीकोट जीप दुर्घटना, ८ जनाको मृत्यु
बझाङमा जीप दुर्घटना, चारजना घाइते
कावासोतीमा जीप दुर्घटना हुँदा २० जना घाइते
जीप दुर्घटनामा घाइते युवतीको मृत्यु, चालक पक्राउ
हुम्लाको चङ्खेलीमा जीप दुर्घटना हुँदा पाँचजना घाइते
पाल्पामा जीप दुर्घटना हुँदा ९ घाइते