काठमाडौ । नेपाल विद्युत प्राधिकरणले बक्यौता विद्युत महसुल रकम किस्ताबन्दीमा बुझाउन आह्वान गरेको छ । त्यसका लागि प्राधिकरणले ६० दिनको समय दिएको एक सूचनामार्फत जनाएको छ।
यही पुस १६ गतेको प्राधिकरणको बैठकले विद्युत सेवा प्राप्त गरी बक्यौता रकम बाँकी रहेका लागि किस्ताबन्दीमा रकम बुझाउने व्यवस्था गर्ने निर्णय गरेको थियो ।
निर्णय अनुसार प्राधिकरणबाट विद्युत सेवा प्राप्त गरेका सेवाग्राहीका लागि बढीमा ६० महिनासम्मको किस्ताबन्दीको व्यवस्था गरिने सूचनामा उल्लेख छ ।
यो सेवा लिनका लागि प्राधिकरणको सम्बन्धित वितरण केन्द्रमा ३० दिनभित्र आवेदन दिन सकिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २४ पुस २०८०, ०८ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि ८ दिनसम्म राजधानीका यी स्थानमा विद्युत अवरुद्ध हुने
साञ्जेनको विद्युत राष्ट्रिय प्रणालीमा जोडियो
चार महिनामा झण्डै १३ अर्बको विद्युत भारत निर्यात
आज १२ बजेभित्र काटिएको विद्युत लाइन जोड्न निर्देशन
प्राधिकरणले काट्न थाल्यो उद्योगको विद्युत लाइन
खोटाङमा ट्रान्सफरमर मर्मतपछि विद्युत सेवा सञ्चालन