आज १२ बजेभित्र काटिएको विद्युत लाइन जोड्न निर्देशन

सफल खबर संवाददाता

सोमबार, २६ कार्तिक २०८१, ०८ : ०८
आज १२ बजेभित्र काटिएको विद्युत लाइन जोड्न निर्देशन

काठमाडौ । सरकारले नेपाल विद्युत प्राधिकरणले काटेका उद्योगहरूको लाइन जोड्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले डेडिकेटेड विद्युत महसुल लाइन विवादमा यसअघि प्राधिकरणले काटेका ३० भन्दा बढी उद्योगका लाइनहरु जोड्न निर्णय गरेको हो । 

निर्णयअनुसार नेपाल विद्युत प्राधिकरणलाई सोमबार मध्यान्ह १२ बजेभित्र उक्त लाइन जोड्न निर्देशन दिइएको छ । 

बैठकले १५ दिन भित्र बक्यौता टिओडी मिटर बमोजिम असुल गर्ने निर्णय समेत गरेको एक मन्त्रीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस