पार्टी कार्यालय जान अाेली-प्रचण्डलाई भएन फुर्सद, प्रधानमन्त्री निवासबाटै चल्छ नेकपा !

पत्रपत्रिकाबाट

बुधबार, २० भदौ २०७५, ०८ : ४३
पार्टी कार्यालय जान अाेली-प्रचण्डलाई भएन फुर्सद, प्रधानमन्त्री निवासबाटै चल्छ नेकपा !

काठमाडौं  । दुई अलग वामशक्ति एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी (ने क पा) को ‘हेडक्वार्टर’ तात्कालीन एमालेको कार्यालय धुम्बाराही कायम भयो । तात्कालीन माओवादी केन्द्रको पेरिसडाँडास्थित ‘हेडक्वार्टर’ भने जनवर्गीय संगठनको कार्यालय भयो ।

कार्यालय बाँडफाँट टुंगिए पनि ने क पाको सञ्चालन भने न धुम्बाराहीबाट हुन्छ, न पेरिसडाँडाँबाट । कार्यालयको टुंगो लागे पनि पार्टी सञ्चालन भने प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट भइरहेको छ । पार्टीका महत्वपूर्ण बैठक, भेटघाट, छलफलसमेत प्रधानमन्त्री निवास बालुवाटारमै हुने गरेको छ ।

पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी सचिवालय, स्थायी कमिटी, केन्द्रीय कमिटीका सबै बैठक बालुवाटारबाटै सञ्चालन गरिरहेका छन् । सरकारका अतिरिक्त पार्टीसमेत बालुवाटारकेन्द्रित भएपछि प्रधानमन्त्री ओलीको दैनिकी अति व्यस्त छ ।

३२ साउनयता प्रधानमन्त्री ओली पार्टी कार्यालय पुग्न भ्याएका छैनन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष ओली मात्र होइन अर्का अध्यक्ष पुष्पकमल दाहालसहित सबैजसो सचिवालय सदस्यले त्यसयता पार्टी केन्द्रीय कार्यालयमा पाइला नै टेकेका छैनन् । गत ३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएको थियो । राजधानी दैनिकमा खबर छापिएकाे छ ।

प्रतिक्रिया दिनुहोस