काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आइतबार ७ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र बोलकबोल गर्ने भएको छ । राष्ट्र बैंकले ८ वर्षे अवधिको ‘विकास ऋणपत्र २०८८ ‘छ’ जारी गर्ने भएको हो ।
२०८० पुस २२ गते अपराह्न २ बजे बोलकबोल हुने ऋणपत्र पुस २३ गते जारी गरिने राष्ट्र बैंकले जनाएको छ । इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, सङ्गठित संस्था तथा नेपाली नागरिकले तोकिएको सर्त पुरा गरी तोकिएको समयभित्र आवेदन दिन सक्नेछन् ।
इच्छुक खरिदकर्ताले प्रतिस्पर्धी वा अप्रतिस्पर्धी रूपमा सहभागी हुन सक्नेछन् । प्रतिस्पर्धी बोलकबोलका लागि कूल निष्कासनको ८५ प्रतिशत अर्थात् ५ अर्ब ९५ करोड र अप्रतिस्पर्धीतर्फ १५ प्रतिशत अर्थात् १ अर्ब ५ करोड रुपैयाँ छुट्टाइएको छ ।
प्रस्तावित आवदेनहरुबाट कट–अफ ब्याजदर एकल ब्याजदर कायम गरी सो ब्याजदर र सो ब्याजदरभन्दा तलका सबै बोलवालाहरूलाई सोही एकल ब्याजदरमा ऋणपत्र उपलब्ध गराइने राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २० पुस २०८०, १३ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो
राष्ट्र बैंकको प्रतिवेदन : आर्थिक सूचकहरु सुधारोन्मुख, मुद्रा सञ्चिति बृद्धि (पूर्णपाठसहित)
राष्ट्र बैंकले पेन्सन कोषको २४ करोड ब्याजमा लगानी गर्ने
राष्ट्र बैंकले ४ अर्ब ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
एक महिनामै ६८ करोड ८९ लाखको सञ्चार उपकरण र पार्टपुर्जा भित्रियो
विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड