काठमाडौँ । नेपाल विद्यार्थी संघले समग्र शिक्षा प्रणालीको सुधार र विश्वविद्यालयहरुमा भइरहेको राजनीतिकरण अन्त्य गर्न माग गर्दै शिक्षामन्त्री अशोक राईलाई ज्ञापनपत्र बुझाएको छ ।
बुधबार नेविसंघका नेता कार्यकर्ताहरु सिंहदरबार पुगेर विश्वविद्यालयमा दलीयकरणको अन्त्य तथा खुल्ला प्रतिस्पर्धावाट मेरिटोक्रेसी र प्राज्ञिक दक्षताका आधारमा पदाधिकारी नियुक्तसहित समग्र शिक्षा क्षेत्रको सुधार गर्न माग गर्दै मन्त्री राईलाई ज्ञापनपत्र बुझाएको केन्द्रीय सदस्य ई.भुवन भट्टले जानकारी दिए ।
नेविसंघको ज्ञापनपत्रमा त्रिविलगायत देशभरका विश्वविद्यालयहरुमा भइरहेको लापरबाही, अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न छानबिन समिति गठनको माग समेत गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १८ पुस २०८०, १५ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्ववियुको चुनावमा प्यानलै जितेका नेविसंघका बागीले निकाले विजय जुलुस
आरआरमा निर्वाचनको माग गर्दै नेविसंघको प्रदर्शन, बानेश्वरमा मतदान सुरु
त्रिवि केन्द्रीय क्याम्पसमा नेविसंघको तालाबन्दी
आन्दोलनरत विद्यार्थीले हटाए नेविसंघले धनगढीमा राखेका झन्डा
त्रिविका रेक्टरको कार्यकक्षमा नेविसंघको तोडफोड
केयूको नेतृत्व छनोटमा व्यक्तिगत स्वार्थ हाबी हुनु हुँदैन : नेविसंघ