काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पृथ्वी जयन्तीमा चियापान कार्यक्रम गर्ने भएको छ । राप्रपाको आइतबार बसेको पदाधिकारी बैठकले ३०२ औं पृथ्वी जयन्ती केन्द्रमा विविध कार्यक्रमका साथ मनाउने र सोही कार्यक्रमअनुसार काठमाडौँमा चियापान कार्यक्रम गर्ने निर्णय गरेको हो ।
यस्तै भृकुटीमण्डपबाट सिंहदरबार अगाडि रहेको पृथ्वीनारायण शाहको शालिकसम्म ऱ्याली गर्ने र “पृथ्वीनारायण” शीर्षकमा ४० वर्ष मुनिका युवा कविता प्रतियोगिता गर्ने निर्णय गरिएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
साथै, काठमाडौँ, ललितपुर, भक्तपुर बाहेक ७४ जिल्लामा पनि पृथ्वी जयन्ती मनाउने र सोका लागि प्रत्येक जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउने निर्णय गरिएको छ।
यस्तै पार्टीद्वारा निकट भविष्यमा गर्ने भनिएको आन्दोलनलाई व्यवस्थित र प्रभावकारी ढंगबाट संचालन गर्न महामन्त्री डा धवल शमसेर राणाको संयोजकत्वमा रहेको आन्दोलन परिचालन समितिलाई पूर्णता दिइएको छ। समिति ११ सदस्यीय बनेको श्रेष्ठले जानकारी दिए ।
यस्तै नविन राप्रपा कार्ययोजना अन्तर्गत ४० वर्ष मुनिका २० जना युवालाई पार्टीको केन्द्रीय समितिमा लैजाने यसअघिको निर्णयलाई कार्यान्वयन गर्न र प्राप्त निवेदनहरु मध्येबाट छनौटका लागि योग्यता र मापदण्ड तय गर्न वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, प्रबक्ता गोपाल दाहाल र सहमहामन्त्री प्रकाश रिमाल रहेको समिति गठन गरिएको छ।
यस्तै राष्ट्रिय सभाको निर्वाचनको प्रयोजनका लागि पौस १८ गतेसम्म उमेदवार सिफारिश गरी पार्टीको संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिइएको राप्रपाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, १६ : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा र राप्रपा नेपालको नेता अब दुर्गा प्रसाईं !
कुलमान हटाएको विरोधमा माइतीघरमा राप्रपाको प्रदर्शन
राप्रपाले आज जनकपुरमा खबरदारी सभा गर्दै
राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
नेता पक्राउ गरेकोमा राप्रपाको युवा संगठनले जनायो आपत्ति
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै