काठमाडौं। नेपाल ट्रेड युनियन कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्वको माग गर्दै पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापनपत्र बुझाएको छ ।ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्रकुमार कुँवर नेतृत्वको टोलीले आज पार्टी सभापति देउवालाई भेटेर राष्ट्रियसभा निर्वाचनमा श्रमिकको प्रतिनिधित्व गराउन माग गरेको हो ।
युनियनको पदाधिकारी बैकठले नेपाल ट्रेड युनियन कांग्रेसका पूर्वअध्यक्ष लक्ष्मणबहादुर बस्नेत, खिलानाथ दाहाल र पुस्कर आचार्यको नाम सिफारिश गरेर पार्टी सभापतिलाई बुझाइएको युनियनका महासचिव अजयकुमार राईले जानकारी दिए ।
ट्रेड युनियन कांग्रेसले पार्टीले राष्ट्रियसभा निर्वाचनको टिकट वितरण गर्दा गत निर्वाचनमा टिकट नपाएका, समानुपातिकमा नपरेका, योग्य, स्वच्छ छवी भएका ट्रेड युनियनलगायत पेसागत सङ्गठन र बौद्धिक व्यक्तिबाट उम्मेदवार छनोट गर्न सभापति देउवाको ध्यानाकर्षण गरेको छ ।
भेटमा सभापति देउवाले पार्टीले राष्ट्रियसभा निर्वाचनमा सबै क्षेत्रको प्रतिनिधित्व हुने खालको उम्मेदवार छनोट गर्ने बताएका थिए ।ट्रेड युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, १६ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेस सभापति देउवाले बोलाए पदाधिकारीको बैठक
पीडितलाई न्याय दिने विषयमा सबै दलको एक मत छ: शेरबहादुर देउवा
सङ्क्रमणकालीन न्यायमा कुनै छलछाम हुनेछैन : सभापति देउवा
म कांग्रेस सभापति हुनमा गिरिजाबाबुको ठूलो योगदान छः सभापति देउवा
बहुमत ल्याउन अर्को पार्टीसँग मिल्नु पर्ने बाध्यता छ : देउवा
प्रशिक्षणले पार्टीलाई सशक्त बनाउँछ : सभापति देउवा