काठमाडौँ । कर्मचारीलाई सामाजिक सञ्जाल चलाउनमा रोक लगाइएको छ । स्वास्थ्य बिमा बोर्डका कर्मचारीहरूलाई कार्यालयमा सामाजिक सञ्जाल चलाउनमा रोक लगाइएको हो ।
बोर्डको बैठकले सामाजिक सञ्जाल चलाउन नपाइने आचारसंहिता लागु गरेको हो । दाबी व्यवस्थापन र सूचना प्रविधि शाखाका कर्मचारीले कार्यालयभित्र रहँदा व्यक्तिगत मोबाइल समेत प्रयोग गर्न नपाइने व्यवस्था बोर्डले गरेको छ ।
सम्बन्धित विषयको अधिकारीको अनुमतिपछि मात्रै बिमा कार्यक्रम र बिमा बोर्डका बारेमा सार्वजनिक धारणा राख्न पाउनेसहित बैठकले १० बुँदे आचारसंहिता लागु गरेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १५ पुस २०८०, १३ : ३७
लेखकबाट थप