काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले देशको नेतृत्व सम्हाल्दा अवस्था भयावहको भए पनि एक वर्षमा धेरै सम्हालिएको बताएका छन् । दोलखा महोत्सवको उद्घाटन गर्दै उनले आफू नेतृत्वको सरकारको एक वर्षे कामले अर्थतन्त्र डुबिसक्यो, अब यो देश फेरि उभो लाग्दैन भन्ने भाष्य चिर्दै गएको जिकिर गरे ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘मैले प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्दा भयावहको स्थिति थियो । नेपालको अर्थतन्त्र डुबिसक्यो, अब यो देश फेरि उभो लाग्दैन भन्ने भाष्यको प्रचार थियो । अवस्था पनि अप्ठेरो थियो । तर, अब हामी धेरै निराश हुनुपर्ने अवस्था छैन । दबाब त छ । तर, मैले नेतृत्व सम्हालेको तुलनामा धेरै आशावादी र उत्साहवर्द्धक छ ।’
उनले अहिले सरकारसँग १४ महिनालाई पुग्ने विदेशी मुद्रा सञ्चिती रहेको बताए ।
प्रधानमन्त्रीले भने, ‘३० प्रतिशत रेमिट्यान्स बढेको छ । राजस्व बढेको छ । पर्यटक बढेका छन् । अब हामी सबैले सकारात्मक ढंगले बल ग¥यौं भने अर्थतन्त्रलाई लयमा फर्काउन सकिन्छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १५ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
त्रिशूलीमा बेपत्ताको खोजी तीव्र पार्न प्रधानमन्त्रीको निर्देशन
विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले खोजे कांग्रेस–एमालेको नैतिकता
प्रधानमन्त्री प्रचण्डलाई अविलम्ब राजीनामा दिन एमालेको माग
प्रधानमन्त्री प्रचण्ड र कांग्रेस नेता कोइरालाबिच भेट
प्रधानमन्त्रीले असार २८ गते विश्वासको मत लिने, संसद सचिवालयलाई पत्र पठाइयो
विदेशस्थित नेपाली नियोगहरूको क्षमता अभिवृद्धि गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड