काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्ने भएको छ । बैंकले पुस १७ गते मंगलबार जारी गर्नेगरी ९१ दिने, १८२ दिनेर ३६४ दिने गरी तीन किसिममा कूल २० अर्ब २५ करोड रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको हो । यद्यपि, केन्द्रीय बैंकले नयाँ नभएर पुरानै ट्रेजरीको नवीकरण गर्ने भएको हो ।
बैंकको सूचना अनुसार कुल रकममध्ये ९१ दिने ट्रेजरीका लागि ७ अर्ब ७५ करोड रुपैयाँ छुट्याइएको हो भने १८२ दिनेका लागि ५ अर्ब रुपैयाँ र ३६४ दिनेका लागि ७ अर्ब ५० करोड रुपैयाँ छुट्याइएको छ । इच्छुक बैंक तथा वित्तीय संस्थाले सोमबार दिउँसो २ बजेभित्र ट्रेजरी नवीकरणका लागि आवेदन दिन सक्नेछन् ।
ट्रेजरी बिलको बोलकबोल दिउँसो २ बजे हुनेछ । यसअघि केन्द्रीय बैंकले पुस ८ गते १७ अर्ब ११करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १३ पुस २०८०, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो
राष्ट्र बैंकको प्रतिवेदन : आर्थिक सूचकहरु सुधारोन्मुख, मुद्रा सञ्चिति बृद्धि (पूर्णपाठसहित)
राष्ट्र बैंकले पेन्सन कोषको २४ करोड ब्याजमा लगानी गर्ने
राष्ट्र बैंकले ४ अर्ब ४० करोड रुपैयाँ मुद्दती निक्षेपमा लगानी गर्ने
एक महिनामै ६८ करोड ८९ लाखको सञ्चार उपकरण र पार्टपुर्जा भित्रियो
विदेशी मुद्राको सञ्चिति १८ खर्ब ७२ खर्ब ८२ करोड