चितवन। अंग्रेजी नयाँ वर्ष सन् २०२४ को जनवरी १ बाट सुरु हुन लागेको भरतपुर भ्रमण वर्ष–२०२४ केही समयका लागि सारिएको छ ।आज भरतपुर महानगरपालिकाको कार्यपालिका बैठकले भ्रमण वर्ष केही समयका लागि सार्ने निर्णय गरेको हो ।
बैठकले आउँदो पुस २२ गते बस्ने नगरपरिषद् बाट थप कार्यक्रम तय गर्ने निर्णय समेत गरेको छ । महानगरले भ्रमण वर्षको तयारी तिव्र रुपमा पारेको थियो । तर महानगरको मुख्य बजार क्षेत्रमै सडक अस्तव्यस्त भएपछि भ्रमण वर्ष सार्न नीजि क्षेत्रले समेत सुझाव दिएको थियो ।
सोही आधारमा केही समय पछि गर्ने गरी भ्रमण वर्षको समय सारिएको हो । यस बारे महानगरले आजै पत्रकार सम्मेलन गरी जानकारी गराउँदैछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०६ पुस २०८०, ११ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगर उत्कृष्ट
भरतपुरको पहाड क्षेत्रमा रहेका शिक्षकलाई आवासीय भत्ता
भरतपुरमा भूमिगत विद्युतीकरणको परीक्षण सुरु
भरतपुर महानगरको ६ लेन सडक निर्माण अन्तिम चरणमा (तस्बिरहरू)
भरतपुर महानगरपालिमा भूमिगत विद्युतीकरणको काम ७० प्रतिशत सम्पन्न
हरियाली प्रवर्द्धनका लागि बिरुवा उत्पादन गर्दै भरतपुर महानगरपालिका