काठमाडौँ । नेपाली सेनाले काठमाडौँ-निजगढ द्रुतमार्ग निर्माणका क्रममा प्रयोग हुने विस्फोटक पदार्थ भारतले उपलब्ध नगराउँदा काम प्रभावित भएको बताएको छ । प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा नेपाली सेनाले भारतबाट विस्फोटक पदार्थ आपूर्ति नहुँदा फास्ट ट्र्याक निर्माणमा ढिलाइ भएको जानकारी दिएको हो ।
नेपाली सेनाको तर्फबाट संसदीय समितिमा फास्ट ट्र्याकको निर्माणकार्यबारे समितिमा प्राविधिक महासेनानी भरतलाल श्रेष्ठले जानकारी गराएका थिए । योजना तथा डिजाइन महाशाखा प्रमुखसमेत रहेका श्रेष्ठले भारतबाट माग भएअनुसार विस्फोटक पदार्थ आपूर्ति हुन नसकेको र चीनबाट पनि ढिलो गरी मात्रै विस्फोटक पदार्थ आपूर्ति भएको स्पष्ट पारे ।
भारतबाट विस्फोटक पदार्थको आयातको सुरुवात २०७९ भदौमा सुरुवात भएको र ५ महिनाभित्र आयात गरिसक्ने लक्ष्य राखिएकोमा २०८० पुससम्म पनि आपूर्ति हुन नसकेको श्रेष्ठले बताए । चीनबाट भने २०७९ माघबाट ५ महिनाभित्र आयात गरिसक्नुपर्ने विस्फोटक पदार्थ ६ महिनामा आइपुगेको उल्लेख गरेको छ ।
निर्माण कार्य ढिलाइ हुनुमा सेनाले विस्फोटक पदार्थ आयात हुन नसक्नु रहेको सेनाको अधिकारीले बताएका छन् । नेपाली सेनाले २०७४ मा द्रुतमार्ग निर्माण सुरु गरेको थियो ।
६ वर्षमा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिएकोमा हालसम्म सेनाले २८.५६ प्रतिशत मात्र काम सम्पन्न गरेको जानकारी दिएको छ । आयोजनाको ३ वर्ष म्याद थपिएको छ । अब २०८३ चैत मसान्तसम्म निर्माण सम्पन्न गरिसक्ने नयाँ लक्ष्य लिइएको छ । सुस्त निर्माण कार्यले गर्दा थपिएको समयमा पनि काम सम्पन्न हुनेमा सांसदहरूले प्रश्न गरिरहेका छन् ।
पछिल्लो समय द्रुत मार्गसहित विभिन्न जलविद्युत् परियोजनामा समेत विस्फोटक पदार्थको माग बढिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १४ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गोरखाबाट एकीकरण पदयात्रामा निस्कियो नेपाली सेनाको टोली
मध्य अफ्रिकी गणराज्यमा तैनाथ शान्ति सेनाको अदलीबदली
भैरहवामा फेला परेको बम नेपाली सेनाद्वारा निष्क्रिय
सिरियामा नेपाली शान्ति सेना सुरक्षित : नेपाली सेना
सैनिक तालिम महानिर्देशनालयको महानिर्देशकमा शाह नियुक्त
मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी