काठमाडौं । बैंक तथा वित्तीय संस्थाको निक्षेप ६० खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकको पुस ३ गतेसम्मको तथ्यांकमा यो विवरण देखिएको हो ।
जसमा वाणिज्य बैंकको मात्र ५३ खर्ब २३ अर्ब रहेको छ । यस्तै अन्य बैंक तथा वित्तीय संस्थामा ६ खर्ब ९१ करोड रूपैयाँ रहेको केन्द्रीय बैंकको तथ्यांकमा छ । बैंक तथा वित्तीय संस्थाले गरेको कर्जा लगानी भने करिब ५० खर्ब पुगेको छ । बैंक तथा वित्तीय संस्थाले सर्वसाधारण तथा संस्थागत निक्षेप लिएर कर्जा प्रवाह गर्ने गरेका छन् ।
बैंकहरूको सीडी रेसियो (कर्जा पुँजी अनुपात) ७९.८९ प्रतिशत छ । यसले बैंकहरूसँग प्रशस्त लगानीयोग्य रकम (तरलता) रहेको इंगित गर्छ । यस्तै अन्तर बैंक ब्याजदर पनि ३ प्रतिशतभन्दा कम छ यसले बैंकहरूको व्याजर निकै सस्तो रहेको देखाउँछ । अहिले सर्वसाधारणको मुद्दती निक्षेपको ब्याजदर नै एकल अंकमा झरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०४ पुस २०८०, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
वित्तीय संस्थाद्वारा मधेसका औद्योगिक क्षेत्रमा कर्जा प्रवाहमा वृद्धि
आज फेरि बजारबाट १ खर्ब रुपैयाँ झिक्दै राष्ट्र बैंक