काठमाडौँ । सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले तत्कालका लागि एनसेल खरिद बिक्री रोकिएको बताएकी छिन् । राज्य व्यवस्था समितिमा भएको छलफलमा उनले पूर्व स्वीकृति नलिई शेयर खरिद बिक्री गरेको थाहा पाएपछि मन्त्री परिषद् बैठकले एनसेलको खरिद विक्री रोकेको जानकारी दिइन् ।
बैठकमा उनले भनिन् –'एनसेल आजियाटाले ८० प्रतिशत शेयर विदेशमा खरिद बिक्री भएको कुरा आउँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विदेशमा हुनुहुन्थ्यो । प्रधानमन्त्री नेपाल फर्केपछि एनसेलबारे बुझ्दा पूर्व स्वीकृति नलिई शेयर खरिद बिक्री गरेको थाहा पाएपछि मन्त्री परिषद् बैठक रोकेको खरिद विक्री रोकेको छ ।'
विदेशमा शेयर खरिद-बिक्रीलाई नेपालको कानुनलाई कसरी हेर्छ, नेपालको कानुन अनुसार शेयर खरिद बिक्री भएको छ कि छैन भन्ने अध्ययनका लागि टङ्कमणि शर्माको नेतृत्वमा बनाइएको छानबिन समितिले दुरसंचार ऐन संशोधनको काम सुरु गरिसकेको उनले जानकारी दिइन् ।
एनसेलको तर्फबाट भने दूरसञ्चार प्राधिकरणमा कुनै जानकारी नआएको उनले बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०३ पुस २०८०, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रमका लागि पर्याप्त बजेट विनियोजन गर्दै लगिनेछ : मन्त्री शर्मा
सूचना र प्रविधिको क्षेत्र धेरै अनियमितता हुने क्षेत्र हो : मन्त्री शर्मा
सरकार जतिसक्दो चाँडो सञ्चारसम्बन्धी ऐन ल्याउने तयारीमा छ : सञ्चारमन्त्री शर्मा
नीति तथा कार्यक्रम र बजेटमा सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राख्छौँ : मन्त्री शर्मा
संसद्को चालु अधिवेशनको अन्त्य स्वभाविक प्रक्रियाअन्तर्गत भएको हो : सञ्चारमन्त्री शर्मा
गृहमन्त्रीमाथि छानबिन समिति बनाउनु पर्ने यथेष्ट तथ्य र प्रमाण भेटिएको छैनः प्रवक्ता शर्मा