नेपाल जेसीजको अध्यक्षमा पोखरेल निर्वाचित

सफल खबर संवाददाता

सोमबार, ०२ पुस २०८०, ०९ : ०५
नेपाल जेसीजको अध्यक्षमा पोखरेल निर्वाचित

बुटवल । नेपाल जेसीजको अध्यक्षमा रविन पोखरेल निर्वाचित भएका छन् । बुटवलमा सम्पन्न ५० औं महाधिवेशनबाट पोखरेल बर्ष २०२४ का लागि अध्यक्षमा निर्वाचित भएका हुन् । 

पोेखरेलले ५१० मत पाउँदा निकटतम प्रतिस्पर्धी रजनी थापाले ४२६ मत पाइन ।  ८४ मतान्तरले बिजयी बनेका पोखरेलले  तीनजना प्रतिस्पर्धीहरु रजनी थापा, विजय गुरुङ र रश्मी शिल्पकारलाइ पराजित गरे । उनी नुवाकोट जेसीजका पूर्व अध्यक्ष हुन् भने अघिल्लो पटक राष्ट्रिय अध्यक्ष पदमा पराजित भएका थिए ।

त्यस्तै कार्यकारीणी उपाध्यक्षमा  अनुप सुनुवार, राजाराम गौतम भिम बहादुर कुंवर (राजु),सिनेटर सन्दिप अग्रहरी बिजयी भए । महासचीव सरोज अधिकारी,कानुनी सल्लाहकारमा नरेश चन्द्र ओझा,कोषाध्यक्षमा खेमराज थापा मनोनित भए ।

उपाध्यक्षमा अमर घिमीरे, सौरब श्रेष्ठ,राजन शर्मा पौडेल,सिता कुमारी भण्डारी,एलिना महर्जन, बहादुर तामाङ,स्वपना पौडेल भण्डारी, योगेश राजवंशी, घनश्याम चौधरी, नबराज उपाध्याय,गणेश सापकोटा,अचुत उप्रेती आयुष निर्वाचित भए । 

उनीहरुले पद तथा गोपनियताको सपथ ग्रहण गरिसकेको निर्वाचन अधिकर्त नरेशचन्द्र ओझाले  जानकारी दिए ।

नेपाल जेसीजको २१ सदस्यीय कार्यसमितिमा एक अध्यक्ष, चार कार्यकारीणी उपाध्यक्ष र १२ जना उपाध्यक्ष निर्वाचित हुन्छन् भने  ३ जना अध्यक्षले मनोनयन र निवर्तमान अध्यक्ष पदेन सदस्य रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस