काठमाडौँ । थाइल्याण्डमा विपक्षी दल मुभ फर्वार्ड पार्टीकी सांसद रक्छनोक श्रीनोकलाई ६ वर्षको जेल सजाय सुनाइएको छ। राजतन्त्रको विरोध गरेको अभियोगमा २९ वर्षीया श्रीनोकलाई त्यहाँको फौजदारी अदालतले बुधबार जेल सजाय सुनाएको हो।
थाइल्याण्डको फौजदारी अदालतले श्रीनोकले कम्प्युटर अपराध ऐन उल्लङ्घन गरेको ठहर गरेको छ।सिएनएनका अनुसार सन् २०२० मा श्रीनोकले सामाजिक सञ्जालमा लेखेको विषयलाई आधार बनाएर अपराध संहिताको धारा ११२ अनुसार सजाय सुनाएको हो।
यद्यपि श्रीनोकले आफूलाई जमानतमा छोड्न गरेको अपिललाई अदालतले स्वीकार गरेको छ। उनले फेसबुकमा लेख्दै आफू काममा फर्किएको बताएकी छन्।थाइल्याण्डमा राजा, रानी र उनीहरूका उत्तराधिकारीको विरोध गर्दा १५ वर्षसम्म जेल सजाय हुने व्यवस्था छ।
मानवअधिकारवादी थाइ वकिलहरूको संस्थाका अनुसार श्रीनोकले २०२० मा कोभिडको खोपको खरिदबारे विरोध जनाउँदै एक्स (ट्वीटर)मा स्ट्याटस लेखेकी थिइन्। खोप खरिद गर्ने कम्पनी राजसँग सम्बन्धित थियो। उनले राजतन्त्रको विरोधमा गरिएको ट्वीटलाई पनि रिट्वीट गरेकी थिइन्।
श्रीनोक २०२३ मा मात्रै राजनीतिमा प्रवेश गरेकी थिइन्। त्यसअघि उनी सामाजिक अभियन्ता र सरकारको आलोचक थिइन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २९ मंसिर २०८०, १४ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महिला टी-२०आई शृंखलामा नेपालको दोस्रो हार
थाइल्याण्ड, कम्बोडियालगायत देशमा जाँदा सावधानी अपनाउन सरकारको आग्रह
थाइल्याण्डविरुद्ध नेपाल ब्याटिङमा
थाइल्याण्डको समलिङ्गी कानुनमा राजाको हस्ताक्षर, १२० दिनपछि लागु हुने
थाइल्याण्डमा समलिङ्गी विवाहलाई कानुनी मान्यता
थाइल्याण्डको तल्लो सदनबाट समलिङ्गी विवाहलाई वैधानिकता दिने कानुन पारित