काठमाडौँ । प्रस्तावित न्यायाधीश विरुद्ध परेको उजुरीमाथि छलफल गर्न आज संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ ।
सिंहदरवारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू सारङ्गा सुवेदी र अब्दुल अजीज मुसलमान विरुद्ध परेको उजुरीमाथि सुनुवाइ हुने संसद सचिवालयले जनाएको छ ।
सर्वोच्च अदालतका लागि प्रस्तावित ६ न्यायाधीशविरुद्ध समितिमा हालसम्म दश वटा उजुरी दर्ता भएको सचिवालयले जानकारी दिएको छ । जसमा न्यायपरिषद्बाट प्रस्तावित ६ मध्ये सारंगा सुवेदीविरुद्ध ६ वटा, टेकप्रसाद ढुंगानाविरुद्ध तीन र अब्दुज अजीज मुसलमानविरुद्ध एउटा उजुरी दर्ता भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २९ मंसिर २०८०, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ सकियो
अन्तरिम आदेशका कारण विकास निर्माण रोकिनुहुन्न : प्रस्तावित न्यायाधीश पोखरेल