काठमाडौँ । इजरायल–हमास द्वन्द्वका बीच गाजामा तत्काल युद्धविरामका लागि पेश गरिएको प्रस्ताव संयुक्त राष्ट्रसंघको महासभा (युएनजीए)को आपत्कालीन बैठकमा पारित भएको छ ।
१५३ देशले गाजामा युद्धविरामको पक्षमा मतदान गरेका छन् । १० सदस्य राष्ट्रले विरोध गरे भने २३ सदस्य अनुपस्थित रहे । युद्धविराम प्रस्तावको विपक्षमा मतदान गर्ने देशहरूमा अमेरिका, अस्ट्रिया, चेक रिपब्लिक, ग्वाटेमाला, इजरायल, लाइबेरिया, माइक्रोनेसिया, नाउरु, पपुवा न्यू गिनी र पाराग्वे समावेश छन् ।
यसअघि इजिप्टका राजदूत अब्देल खालेक महमुदले गाजामा युद्धविरामको माग गर्दै संयुक्त राष्ट्रसंघको महासभामा प्रस्ताव पेश गरेका थिए । इजिप्टले सुरक्षा परिषदमा युद्धविरामको लागि गत हप्ता गरेको आह्वानमा अमेरिकी भिटोका कारण असफल भएको थियो ।
संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस-ग्रीनफिल्डले युद्धविराम प्रस्तावमा अमेरिका सहमत नभएको बताइन् ।
संयुक्त राष्ट्रका लागि इजरायलका राजदूत गिलाड अर्दानले गाजामा युद्धविरामले हमासको आतंकवादी एजेन्डालाई थप बल दिने बताए । युद्ध रोक्नुले हमासलाई मात्र फाइदा हुने भन्दै उनले प्रस्ताव अस्वीकार गरे ।
महमुदले प्यालेस्टिनीमाथि इजरायली सेनाको बर्बर हमला र सर्वसाधारणको हत्या रोक्नको लागि युद्धविराम एक मात्र उपाय भएको बताएका छन् । संयुक्त राष्ट्र संघका अध्यक्ष डेनिस फ्रान्सिसले गाजामा भइरहेको हिंसा रोकिनुपर्ने बताएका छन् । फ्रान्सिसले गाजामा सर्वसाधारणमाथि आक्रमण भइरहेको बताए ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, २७ मंसिर २०८०, १२ : ०३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले ४ इजरायली बन्धक र इजरायलले २०० प्यालेस्टाइनी कैदी रिहा गर्ने
पहिलो चरणमा ७३७ कैदीलाई रिहा गर्ने इजरायलको घोषणा
इजरायली क्याबिनेटबाट गाजासङ्ग युद्ध विराम स्वीकृत
यमनमा इजरायलले गरेको आक्रमणमा ९ जनाको मृत्यु
इजरायलको शक्तिशाली हमलापछि सिरियाको टार्टसमा ३.१ म्याग्निच्युडको भूकम्प
इजरायलले युद्धविराम उल्लंघन गरेर फेरि हवाई आक्रमण गरेको आरोप