कांग्रेसले कांग्रेसकै विश्वास गर्नुपर्छ,अरुको मुख हेर्नु पर्दैन : मिनेन्द्र रिजाल

सफल खबर संवाददाता

आइतबार, २४ मंसिर २०८०, १६ : ०८
कांग्रेसले कांग्रेसकै विश्वास गर्नुपर्छ,अरुको मुख हेर्नु पर्दैन : मिनेन्द्र रिजाल

काठमाडौं । नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले कांग्रेसकै अगुवाइमा मुलुकमा सुशासन स्थापित हुनुपर्ने बताएका छन् । आइतबार नेपाली कांग्रेको 'मुखपत्र नेपाल पुकार'को लोकार्पण कार्यक्रममा बोल्दै नेता रिजालले केन्द्र र सातवटै प्रदेशमा नेपाली कांग्रेस सरकारमा भएको बेला समेत मुलुकमा सुशासन स्थापित भएन भने जनतामा नैराश्यता छाउने बताए।

गठबन्धनको सरकार भएपनि मुलुकमा सुशासन स्थापित गर्ने जिम्मा कांग्रेसको भएको उनले बताए । उनले नेपाली कांग्रेसले मुलुकको शासन कसरी लिएर जान्छ भन्ने विषयलाई लिएर जनता प्रतिक्षारत रहेको बताए । नेपाली कांग्रेसका नेता/कार्यकर्ताले भागबण्डा र गुटबन्दीमा विश्वास गर्न नहुने उनले औंल्याए।

पूर्वरक्षामन्त्री समेत रहेका रिजालले आगामी निर्वाचनमा बहुमत ल्याउन कांग्रेसले कांग्रेसकै विश्वास गर्नुपर्ने बताए । उनले भने, 'कांग्रेसले म गरेर देखाउँछु । आजको चुनौतीको सामाना गर्छु भन्यो भने कांग्रेसले कसैको मुख हेर्नु पर्दैन् । त्यतातर्फ सबैले ध्यान दिऔं । ’

प्रतिक्रिया दिनुहोस