भरतपुर । भरतपुर भ्रमण वर्ष २०२४ लाई लक्षित गर्दै चीनको सिआन सिटीले आई प्रविधि जडित तस्बिर र दृश्य कैद गर्ने उच्चस्तरीय क्यामरा (साइडबोट) उपलब्ध गराएको छ ।
सियान सिटीका प्रतिनिधिले बिहीबार महानगरपालिकाकी मेयर रेनु दाहाललाई उक्त क्यामरा हस्तान्तरण गरेका हुन् ।
चेम्बर अफ कर्मशका सेक्रेटरी डा. उ जिन र कग्निसर कम्पनीले भरतपुरको उपकरण राख्न सकिने पर्यटकीय स्थानमा सर्वे गर्नेछ । बाँकी स्थानमा आवश्यक उपकरण ल्याउने जनाइएको छ ।
भ्रमण वर्षमा आउने पर्यटकले यो उपकरणको प्रयोगबाट लाभ लिन सक्नेछन् । कम्पनीका अनुसार भरतपुरको पर्यटकीय गतिविधि यो उपकरणको सहयोगबाट विश्वभर प्रचार-प्रसार गर्न सकिनेछ । भरतपुरमा प्रमुख ७ पर्यटकीय गन्तव्यसहित ३ दर्जन पर्यटकीय स्थान छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ मंसिर २०८०, १९ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भरतपुर महानगरद्वारा विज्ञापन कर नतिर्ने बिदेशी कम्पनीका होडिङ बोर्ड हटाउन सुरु
चितवनमा विषादी प्रयोगबारे किसानलाई सचेतना
भरतपुरमा वैशाखदेखि मेयर कप फुटबल हुने, मुख्य प्रायोजनमा सेन्ट्रल कलेज
भूकम्प पीडितलाई भरतपुर महानगरको एक करोड सहयोग
भरतपुर हेल्थ हबको रूपमा बिकास हुँदै गएको छ: प्रधानमन्त्री प्रचण्ड
भरतपुर महानगर प्रमुख दाहाललाई बेलायत जान मन्त्रिपरिषद्ले दियो अनुमति