बाग्लुङ। समृद्धिका लागि भन्दै मध्यपहाडी राजमार्गको यात्रामा हिँडेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले बागलुङमा स्वागत गरेका छन् ।बागलुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका पौडेलले बिहीवार ओलीलाई बागलुङ बजारमा स्वागत गरेका हुन् ।
मंसिर १४ गते बैतडीको झुलाघाटबाट शुरू भएको यात्रा बिहीवार बाग्लुङ आइपुगेकाे थियो । त्यस क्रममा पौडेलले ओलीसँग भेट गरेका हुन् ।
उनीहरूबीच केहीबेर भलाकुसारी भएको थियो । यसअघि माओवादी उपमहासचिव जनार्दन शर्माले ओलीलाई रुकुम पश्चिम र जाजरकोटको सीमामा स्वागत गरेका थिए । नेकपा विभाजनपछि दुई पार्टीबीच कटुतापूर्ण सम्बन्ध रहेकोमा माओवादी नेताहरूले ओलीलाई गरेको स्वागतको चर्चा भएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ मंसिर २०८०, १४ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोरङमा आफू समर्थक उम्मेदवार हराउने ढकाललाई ओलीले भेटे
अमेरिका भ्रमण उपलब्धिमूलक भयो: प्रधानमन्त्री ओली
एमाले बैठकमा ओलीले उठाएका पाँच सवाल
संविधान संशोधनका बिषयमा भ्रम फैलाइयो : प्रधानमन्त्री ओली
एमालेमा कुनै पनि किसिमको गुटबन्दी स्वीकार्य छैन : अध्यक्ष ओली
एमाले कांग्रेसबिच संविधान संशोधनका लागि आयोग बनाउने सहमति भएको छैन : अध्यक्ष ओली