काठमाडौं। दक्षिण कोरियाले करिब १६ हजार नेपाली श्रमिक मागेको छ। कोरियाले उत्पादनमूलक क्षेत्रका लागि १५ हजार ८४८ नेपाली श्रमिक मागेको हो।
कोरियाको मागका आधारमा वैदेशिक रोजगार विभागको इपीएस कोरिया शाखाले आवेदन भर्नका लागि मंगलबार सूचना निकालेको छ। सूचना अनुसार पुस २ देखि ६ गतेसम्म अनलाइनमार्फत दर्ता गर्नुपर्नेछ।
आवेदन दिनका लागि १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। यस्तै कुनै फौजदारी अभियोगमा सजाय पाएको हुनु हुँदैन। सन् २०२३ मा इपीएस भाषा परीक्षाका लागि आवेदन दिएकाले पनि यसपालि दरखास्त फाराम भर्न पाउने छैनन्।
परीक्षाको मिति माघ २२ गते तोक्ने कार्यालयले जनाएको छ। परीक्षा शुल्क २८ अमेरिकी डलर तोकिएको छ।
भाषा परीक्षामा पास हुनेहरु रोजगारीको छनोट प्रक्रियामा सामेल हुन रोष्टरमा सूचिकृत हुनेछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २१ मंसिर २०८०, १० : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाको जङ्गलमा भीषण आगलागी, २४ जनाको मृत्यु
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज
महाभियोग लागेका दक्षिण कोरियाली राष्ट्रपति युन रिहा
एक दशकपछि दक्षिण कोरियाको जन्मदर बढ्यो
दक्षिण कोरिया बन्दरगाह शहर आगलागी : मृत्यु हुनेको संख्या ६ पुग्याे