काठमाडौँ । सीके राउत नेतृत्वको जनमत पार्टीले वडा तहदेखि प्रदेशसम्मको अधिवेशन गर्ने मिति घोषणा गरेको छ ।जनमत पार्टीका प्रवक्ता डा.शरतसिंह यादवका अनुसार पुस १५ गतेदेखि माघ १५ गतेसम्म सबै वडा समितिको अधिवेशन गरिसक्नु पर्ने हुन्छ ।
त्यस्तै माघ १५ गतेदेखि फागुन १५ गतेसम्म सम्पूर्ण पालिका समितिको अधिवेशन गर्ने मिति तय भएको प्रवक्ता यादवले बताएका छन् ।
चैत ३ गते सम्पूर्ण जिल्लाको अधिवेशन गर्ने तथा २०८१ वैशाख २४–३० गतेसम्म प्रदेशको अधिवेशन गरिसक्नु पर्ने पार्टीले निर्णय गरेको उनले बताए । वडा तथा पालिकाको अधिवेशन बारे भएको निर्णयको माइन्युट फागुन २० गतेभित्र पार्टी केन्द्रीय सचिवालयलाई पठाउन पनि वडा तथा पालिका समितिलाई पार्टीले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, १६ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
शिक्षकको माग सम्बोधन गर्न जनमत पार्टीको माग
जनमतले बोलायो केन्द्रीय समिति बैठक
कवाड व्यवसायीलाई काठमाडौं महानगरले ज्यादती गर्योः जनमत
जनमत पार्टीका केन्द्रीय सदस्यसहित युवा नेता जसपा नेपालमा प्रवेश
जनमत पार्टीले मनायो ‘धोती दिवस’
जनमत पार्टीले आज धोती दिवस मनाउने