काठमाडौँ । केपी ओली कप टी-२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जित्नका लागि त्रिभुवन आर्मी क्लबले १ सय ३६ रनको लक्ष्य पाएको छ । पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको मधेसले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३५ रन बनायो । मधेसका विशाल पटेलले सर्वाधिक ४९ रनमा अविजित रहे । उनले ३२ बलमा ३ चौका, ३ छक्का प्रहार गरे ।
कप्तान हरिशंकर शाहले २७, अनिल शाह ६, इम्रान शेखले ८, पवन सराफले ९, हिमांशु दत्तले १४, विशाल सुस्लिङले १०, प्रदीप पासवानले ४, मायन यादवले ३ रन बनाएर आउट भए ।
बलिङतर्फ आर्मीका साहब आलम र विवेक यादवले सर्वाधिक ३(३ विकेट लिए । सोमपाल कामी र बसिर अहमदले १–१ विकेट लिए । अहिले आर्मीले जवाफी ब्याटिङ गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १५ मंसिर २०८०, १४ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मछिन्द्र क्लबले जित्यो केपी ओली कपको उपाधि
केपी ओली कपको फाइनलमा आज मछिन्द्र र एनआरटी भिड्दै
एनआरटी केपी ओली कपको सेमिफाइनलमा