काठमाडौं । नेपाल पुलिस क्लबलाई हराउँदै त्रिभुवन आर्मी क्लब केपी ओली कप च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
ललितपुर सादोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलको पुलिसलाई २-० गोलले पराजित गर्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको हो । आर्मीका नवयुग श्रेष्ठ र दिनेश योन्जनले एक-एक गोल गरे । नवयुगले १९औँ र दिनेशले ८१औँ मिनेटमा गोल गरेका हुन् ।
आजको दोस्रो खेल दिउँसो ३ बजे आयोजक केपी ओली एफसी र न्यूरोड टिमबिच प्रतिस्पर्धा हुनेछ । फागुन १८ गतेसम्म चल्ने उक्त प्रतियोगिताको विजेताले १५ लाख ११ हजार ११ हजार १११ र उपविजेताले ५ लाख रुपैयाँ पाउनेछन् ।
राष्ट्रिय युवा संघ नेपालको आयोजनामा आजदेखि सुरु भएको प्रतियोगितामा ९ टोलीले सहभागिता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, १४ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मछिन्द्र फुटबल क्लबले जित्यो केपी ओली कपको उपाधि
केपी ओली कप : उपाधिका लागि मछिन्द्र र आर्मी भिड्ने
केपी ओली कप : आज एपीएफ र सङ्कटा तथा मछिन्द्र र ट्रान्सपोर्ट युनाइटेड खेल्ने