भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी प्रतिभा पाठक वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभाले गोरखाका विज्ञानबाबु रेग्मीसँग इन्गेजमेन्ट (टीकाटालो) गरेकी छन्। उनीहरूबीच आगामी मंसिर २३ गते विवाह गर्ने तय भएको छ।
विज्ञानबाबु अर्थशास्त्री हुन् । हाल स्वीजरल्याण्डमा बस्दै आएका उनले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन् । प्रतिभाको इन्गेजमेन्टमा प्रधानमन्त्री प्रचण्ड पनि सहभागी भएका थिए।
रेनु प्रचण्डकी माइली छोरी हुन्। रेनुका श्रीमान् अर्जुन पाठक पनि रेनुसँगै भरतपुर महानगरमा छन्। प्रतिभाले पनि विदेशबाटै उच्च शिक्षा लिएकी हुन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १४ मंसिर २०८०, १३ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मेयर दाहालद्धारा ६ कोठे विद्यालय भवन र प्रहरी कार्यालय भवनको शिलान्यास
स्थापनाको छ दशकपछि विद्यालयको पक्की भवन
पुंगी खोलाको अवैध संरचना भत्काउने कार्य जारी
शिवनगर प्राथमिक स्वास्थ्य केन्द्रमा अब विशेषज्ञ सेवा
फिल्म ‘तेलभिसा’को छायांकन सकियो
ठोरीलाई त्रिदेशीय नाकाका रुपमा स्थापित गर्नुपर्छ : रेनु दाहाल