कांग्रेस सभापति देउवाले गरे तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त

सफल खबर संवाददाता

मंगलबार, १२ मंसिर २०८०, १४ : ३७
कांग्रेस सभापति देउवाले गरे तीन भ्रातृ संस्थाका अध्यक्ष नियुक्त

काठमाडौं। नेपाली कांंग्रेसका सभापति शेरबहादुर देउवाले तीनवटा भ्रातृ संस्थाका अध्यक्ष नियुक्त गरेका छन् ।

म्याद समाप्त भई स्वतः विघटन भएको पार्टी आबद्ध भ्रातृ संघ नेपाल प्रजातन्त्र सेनानी संघको अध्यक्षमा बालकृष्ण दाहाल (ओखलढुंगा), नेपाल भूतपूर्व सैनिक संघको अध्यक्षमा मेघराज टण्डन (कपिलवस्तु) र राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको अध्यक्षमा प्रकाश पन्थ (तनहुँ)लाई मंगलवार  नियुक्त गरेका हुन् ।कांग्रेसमा लामो समयसम्म भ्रातृ संस्थाले महाधिवेशन गर्न सकेका छैनन् ।