एभरेष्ट बैंकद्वारा काठमाडौंको टोखामा १२८ औं शाखा सञ्चालन

सफल खबर संवाददाता

शनिबार, ०९ मंसिर २०८०, १३ : ४२
एभरेष्ट बैंकद्वारा काठमाडौंको टोखामा १२८ औं शाखा सञ्चालन

काठमाडौं। एभरेष्ट बैंक लिमिटेडले काठमाडौंको टोखा नगरपालिका वडा नं. ६ मा आफ्नो १२८ औं शाखा सञ्चालनमा ल्याएको छ ।देशका विभिन्न गाउँ तथा शहरहरूमा रहेका ग्राहकहरूलाई अत्याधुनिक, दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधाहरू उपलब्ध गराउने उद्देश्यका साथ बैंकले मंसिर ८ गतेबाट टोखामा शाखा सञ्चालनमा ल्याएको हो ।

 

शाखाको उद्घाटन बैंकका सञ्चालक समितिका अध्यक्ष डा. बालगोपाल वैद्य र टोखा नगरपालिकाका उपमेयर मुरारी तामाङले संयुक्त रुपमा गरेका थिए ।​उद्घाटन समारोहमा नेपाल चेम्बर अफ कमर्शका कार्यकारी सदस्य कृष्णमान श्रेष्ठ, टोखा नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष शान्ता खनाल पौडेल, बैंकका नायब महाप्रबन्धक केशवराज पौडेल, बागमती प्रदेश प्रमुख सन्तोषकुमार भट्टराई, बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती लगायत अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।​​

 

 

उद्घाटन समारोहमा बैंकका सञ्चालक समिति अध्यक्ष डा. वैद्यले बैंकहरू विश्वासको सहयात्री भएको साथसाथै टोखा र सो आसपासका बासिन्दाहरूलाई सबल, सरल, उत्कृट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे ।

सो अवसरमा टोखा नगरपालिकाका उपमेयर तामाङले टोखामा बैंकको आगमनले सर्वसाधारणको वित्तीय पहुँच अझ सहज तथा सुलभ हुने विश्वास व्यक्त गरेका थिए ।यो सँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४६ पुगेको छ भने काठमाडौं उपत्यकामा ३६ पुगेको छ ।​​

पन्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापना कालदेखि नै ग्राहकहरूको पहिलो रोजाइको यस बैंकमा हालसम्म करिब १३ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरू रहेका छन् ।

यसका साथै बैंकले देशैभरि छरिएर रहेको आफ्नो १२८ शाखा सञ्जाल, ३ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरू, १६३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस