पोखरा । पोखरामा जारी केपी ओली कप टि २० क्रिकेट प्रतियोगितामा बागमती प्रदेशले जित सुरुआत गरेको छ । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा १ सय ८५ रनको लक्ष्य पछ्याएको मदन भण्डारी स्पोर्ट्स एकेडेमी ‘रेड’ १४ ओभर २ बलमा ७५ रनमा समेटियो ।
एकेडेमी ‘रेड’ का लागि कप्तान अमर मिश्र र विजय प्रजापतिले सर्वाधिक समान १३-१३ को योगदान दिए । निर्मल थापाले १०, सन्तोष यादवले १२ रन बनाए । बागमतीका लागि कप्तान सन्दीप लामिछानेले सर्वाधिक ४ विकेट लिए । ४ ओभर बलिङ गरेका सन्दीपले १६ रन खर्चेर ४ विकेट लिए । प्रतिश जिसी २, सुभाष खत्रीले ३ विकेट, रिजन ढकालले १ विकेट झारे ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ५४ रन बनाएको थियो । बागमतीका लागि ओपनर रित गौतमले सर्वाधिक ७४ रन बनाए ।
शुभ कंसाकारले २७, सन्दीप लामिछानेले १८, गौरव खड्काले अविजित १७ र प्रतीक श्रेष्ठले १४ रनको योगदान दिए । बलिङतर्फ एकेडेमी ‘रेड’ का विपर्सन केसीले ३ विकेट लिए । सन्देश थापा र सन्तोष यादवले १-१ विकेट लिए ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रंगशालास्थित क्रीकेट मैदानमा बिहिवारबाट सुरु भएको प्रतियोगितामा ७ प्रदेशका ७ टिम, विभागीय टिमहरु नेपाल पुलिस, नेपाल आर्मी, एपिएफ र मदन भण्डारी स्पोर्टस एकेडेमीको २ गरी १२ टिमको सहभागिता हुनेछ ।
प्रतियोगितामा विजेताले ५ लाख, उपविजेताले २ लाख ५० हजार नगदसहित सिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । म्यान अफ द सिरिजले नगद ३० हजार, बेस्ट बलरले नगद २० हजार र म्यान अफ द म्याचले नगद ५ हजार रूपैयाँ नगद प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०७ मंसिर २०८०, १६ : २२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मछिन्द्र क्लबले जित्यो केपी ओली कपको उपाधि
केपी ओली कपको फाइनलमा आज मछिन्द्र र एनआरटी भिड्दै
एनआरटी केपी ओली कपको सेमिफाइनलमा