काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाग्राहीलाई भर्चुअल प्राइभेट नेटवर्क (भीपीएन)को प्रयोग नगर्न आग्रह गरेको छ । टिकटक प्रतिबन्ध भएयता नेपालमा भीपीएनको प्रयोग गर्नेको संख्या बढ्दै गएको छ ।
मंगलबार एक सूचना जारी गर्दै प्राधिकरणले फ्री (निःशुल्क पाइने) भीपीएनको जथाभाबी प्रयोग जोखिमपूर्ण हुनसक्ने भन्दै प्रयोग नगर्न आग्रह गरेको हो ।फ्री भीपीएन प्रदायकले प्रयोगकर्तासँग सम्बन्धित तथ्याङ्क सङ्कलन गरेर तेस्रो पक्षलाई बिक्री गर्ने सम्भावना हुने प्राधिकरणले जनाएको छ ।
यस्तै, फ्री भीपीएनले अनलाइनमा प्रयोगकर्ताले गर्ने गतिविधि अनाधिकृत रूपमा निगरानी गर्नसक्ने र इन्टरनेटको गति तथा गुणस्तर समेत कम हुनसक्ने प्राधिकरणको भनाइ छ ।
फ्री भीपीएनबाट प्रयोगकर्ताको कम्प्युटर तथा मोबाइलमा मालवेयर डाउनलोड हुन सक्ने र यसले प्रणाली तथा संवेदनशील डाटालाई हानी पुर्याउनसक्ने प्राधिकरणले बताएको छ ।
फ्री भीपीएन प्रयोग गर्दा ह्याकरहरूले ह्याक गर्ने सम्भावना बढी हुने भएका कारण समेत यसको प्रयोग नगर्न प्राधिकरणले चेतावनी दिएको छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ०६ मंसिर २०८०, १४ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनसेलको लाइसेन्स नवीकरण गर्न प्राधिकरणको अस्वीकार
बक्यौता नतिरेसम्म विदेशी मुद्रा सटही सिफारिस गर्दैनौं : दूरसञ्चार प्राधिकरण