काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरू भएको छ । पार्टी मुख्यालय च्यासलमा केहीबेरअघिबाट बैठक सुरू भएको हो ।
बैठक यही मंसिर १४ बाट थाल्ने गरी घोषणा गरिएको मध्यपहाडी केन्द्रित ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानको तयारी, समसामयिक राजनीतिक गतिविधि लगायतका विषयमा केन्द्रित छ । एमालेले सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिँदै अध्यक्ष केपी ओलीको उपस्थितिमा उक्त अभियान गर्दैछ ।
बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानलाई सफल बनाउन नेताहरू परिचालन र आवश्यक योजना तयारीका विषय पनि एजेण्डामा रहेको प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ मंसिर २०८०, १३ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रसुवा एमालेमा पहिरो, एकपछि अर्काे नेताले छोडन थाले पार्टी
एमाले रसुवाका अध्यक्षले छाडे पार्टी
एमाले मोरङको नेतृत्व छान्न मतदान सुरु
सहमतिका नाममा ३ घन्टा पर धकेलियो एमाले मोरङको चुनाव
एमाले सचिवालय बैठक बस्दै
एमालेसँग ७ करोड बचत, कांग्रेस साँढे दुई करोड घाटामा