काठमाडौँ । नेकपा माओवादी केन्द्रसँग एकता गर्न तयार भएको छ । लामो छलफलपछि नेसपाको सिंगो कमिटी एकताका लागि तयार भएको बताइएको छ । यसअघि एकताका लागि अध्यक्ष बाबुराम भट्टराईले आनाकानी गरेपनि अन्तिम समयमा आएर तयार भएका हुन् ।
मंगलबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको नेसपाको कार्यकारिणी समितिको बैठकले माओवादीसँग एकता गर्ने सर्वसम्मत निर्णय महासचिव रमेशप्रसाद यादवले जानकारी दिए । जसअनुसार अध्यक्ष डा भट्टराईको नेतृत्वमा एकता समायोजन समिति बनाउने निर्णय भएको छ । यादवका अनुसार एकता समायोजन समितिमा अर्का अध्यक्ष महिन्द्रराय यादव, सहअध्यक्ष गंगा श्रेष्ठ, महाचिव यादव र उपाध्यक्ष दुर्गा सोव रहनेछन् ।
समितिले माओवादीसँग थप वार्ता गरेर एकताबारे टुंगो लाग्ने बताइएको छ । यसअघि दुबै पार्टीको वार्ता समिति तहमा एकता समायोजन समिति बनाउने सहमति बनेपछि नेसपाले पार्टीमा छलफल चलाएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, २० : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी संसदीय दलको बैठक सिंहदरबारमा
ओलीलाई प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक अधिकार छैन : माओवादी
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा माओवादी केन्द्रका नेताहरु पुगे चीन
माओवादीद्वारा यी ८ बुँदे सर्कुलर जारी
पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन माओवादीको उपाध्यक्षमा मनोनीत