काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्माले राज्य सत्ता आधुनिक राजनीतिक लुटेराबाट सञ्चालन भइरहेको आरोप लगाएका छन् ।मंगलबार विदेश भ्रमण गरी स्वदेश फर्किएका सांसद शर्माले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।
उनले केही सम्रान्त परिवार र पार्टीका केही व्यक्तिहरुले मात्रै राज्य संयन्त्रको दोहन गरिरहेको बताए । उनले दूरदराजमा भएका भुईँ मान्छेहरुका आवाज, गरिवका आवाज उठाउन नदिएको बताए ।
उनले चाडपर्वका बेलामा चिनी अभाव गराइ रातारात कालोबजारीमा परिणत गर्ने काम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको परिवारका सदस्यहरुले गरेको आरोप लगाए।सांसद शर्माले देशमा लोकतन्त्रको विकल्प नभएको तर नियन्त्रित डेमोक्रेसीको रुपमा नेपालमा प्रणालीलाई विकसित गरिएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ मंसिर २०८०, १६ : ०२
लेखकबाट थप