काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले केबुलकारलाई ट्रान्सपोटेसन (यातायात) को रुपमा प्रयोग गर्न आवश्यक रहेको बताएका छन् ।
लुम्बिनी केबुलकारको भ्रमणपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले केबुलकारलाई पर्यटनको हिसावले मात्रै नभइ ट्रान्पोटेसनको हिसावले पनि नेपालमा बढाउनुपर्ने जरुरी रहेको बताए ।
उनले नेपालमा सडक बनाएर डाँडामा पुग्नु भन्दा केबुलकार बनाएर त्यहाँको प्रवद्र्धन र सामान आयात गर्नुपर्ने व्यवस्था हुन आवश्यक रहेको बताए । उनले केबुलकारहरुले नेपालको अर्थतन्त्र चलायमान बनाउन र पर्यटन प्रवद्र्धन गर्न र विद्युत खपत बढाउने काम गरेको बताए ।
उनले भने, ‘धेरै केबुलकारहरुले नेपालको इकोनोमिक एक्टिभिटिज र पर्यटनदेखि विद्युत खपत पनि राम्रो गर्छ । नेपालको भौगोलिक अवस्था र नेपालको जियोलोजिकल अवस्था र हाम्रो हिमाल, पहाड र तराईको अवस्थालाई हेरेर धेरै केबुलकार बढ्नुपर्छ । यस्तै केबुलकारहरुले हाम्रो विद्युतको खपत बढ्ने हो र यो विभिन्न ठाउँमा इकोनोमिक एक्टिभिटी बढ्छ, पर्यटकहरु बढ्छन्, रोजगारीको अवसर पनि बढ्छ । केबुलकारलाई पर्यटनको हिसावले मात्रै नभइ ट्रान्पोटेसनको हिसावले पनि नेपालमा केबुलकारको महत्वपूर्ण भुमिका हुनेछ । नेपालमा बाटो बनाएर डाँडामा पुग्नुभन्दा पनि ठूला ठूला ट्रान्सपोटेशन
त्यस्तै लुम्बिनी केबलकारका अप्रेशन म्यानेजर डिएन कायस्थले दशैँ तिहारको बीचदेखि अहिलेसम्म पर्यटकको भीड रहेको बताए । उनले आफूहरुले अपेक्षा गरेअनुसारकै पर्यटकहरु आएकोमा खुशी व्यक्त गरे ।
उनले भने ‘यात्रुहरुको भीड छ । दशैँ तिहारको अफर र छुट्टिको समयमा अपेक्षागरेअनुसार नै यात्रुहरु आउनुभएको छ ।’ उनले लुम्बिनी केब्ुलकारको टिकट महंगो नभएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ मंसिर २०८०, १४ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रालयले स्पष्टीकरण सोधेपछि कुलमानले बुझाए कार्यसम्पादन विवरण
विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ
लोडसेडिङ हुँदा रमाउने जमात कति रहेछ, अहिले हेरिरहेको छु : कुलमान घिसिङ
कुलमानलाई आजको मन्त्रिपरिषदले निर्देशकबाट हटाउने तयारी
१५ दिनभित्र बक्यौता नबुझाए फेरि लाइन काट्छौँ : कुलमान घिसिङ
१५ दिनभित्र विद्युतको बक्यौता रकम नउठे प्रक्रिया अनुसार अघि बढ्छौँ : कुलमान घिसिङ