काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समाजमा विद्यमान सबै प्रकारका विकृति र विसङ्गतिलाई अन्त्य गर्दै समतामूलक एवं सुसंस्कृत समाजको निर्माण गर्नुपर्ने बताएका छन् ।
छठ पर्वका अवसरमा आज यहाँ शुभकामना व्यक्त गर्दै उहाँले विभिन्न जनजातिका समुदायले परम्परागतरुपमा मनाउँदै आएको पर्व संस्कृतिको जगेर्नाबाट समाजलाई एकापसमा एकताबद्ध गर्नका साथै सुसंस्कृत तथा सभ्य समाज निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै पूर्व प्रधानमन्त्री नेपालले सम्पूर्ण पृथ्वीलाई समानरुपमा ताप र प्रकाश दिने सूर्यको आराधना तथा पूजा गरी मनाइने छठ काठमाडौँ उपत्यकालगायत अन्य पहाडी तथा हिमाली जिल्लामासमेत मनाइने गरेको उल्लेख गरे ।
हिमाल, पहाड तराईका जनताको एउटा साझा पर्वका रूपमा विकास भएको छठलगायत पर्वले सामाजिक एकता अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप बलिया बनाउने विश्वास व्यक्त गर्दै उनले बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक मुलुकमा विभिन्न समुदायले आफ्ना मौलिक चाडपर्व संस्कृतिको संरक्षण गर्नुपर्नेमा जोड दिए । यस्ता चाडपर्वले परम्परागत मौलिक संस्कृतिको जगेर्नाले एकआपसमा पारस्पारिक सम्मान, सहिष्णुता, सद्भाव र एकतालाई अझ बलियो हुनेगरी स्थापित गर्ने अध्यक्ष नेपालले उल्लेख गरेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०३ मंसिर २०८०, १३ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लोकतन्त्रको रक्षा गर्नु हाम्रो साझा दायित्व होः अध्यक्ष नेपाल
स्वाधीन अर्थतन्त्र निर्माण गर्न सके शहीदप्रति सच्चा श्रद्धाञ्जली हुनेछ : अध्यक्ष नेपाल
चाडपर्वले आपसी सद्भाव,सहिष्णुता र एकतालाई सुदृढ गर्न सहयोग पुग्छ : माधव नेपाल
अपाङ्गता भएका व्यक्तिको संवैधानिक अधिकार संरक्षण गर्नुपर्छ : माधव नेपाल
सामाजिक सद्भाव कायम गर्न छठ महत्त्वपूर्ण : माधव नेपाल
अध्यक्ष नेपाल नेतृत्वको प्रतिनिधिमण्डल भेनेजुयला प्रस्थान