काठमाडौं । मुम्बईको वानखेडे स्टेडियममा जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डलाई ७० रनले पराजित गरेको छ ।
तर, यो खेल सुरु हुनेबित्तिकै सामाजिक सञ्जालमा वानखेडे पिचलाई लिएर विवाद सुरु भयो।बेलायती पत्रिका ‘डेली मेल’ले भारतीय टोली व्यवस्थापनको पिचबारेको अनुरोधलाई आईसीसीले स्वीकार गरी परिवर्तन गरेको र नयाँ पिचको सट्टा पुरानो पिचमा खेल खेलाइएको दाबी गरेको छ ।
तर, खेलपछिको पत्रकार सम्मेलनमा न्युजिल्यान्डका कप्तान केन विलियम्सनले खेल पुरानो पिचमा खेलिएको तर राम्रो पिच भएको भन्दै यो विवादको अन्त्य गरेका छन् ।
विलियमसनले के भने ?
यो सत्य हो कि पहिला प्रयोग भएकै पिचमा म्याच खेलाइएको थियो तर पिचको सतह निकै राम्रो थियो ।त्यसको पूरा फाइदा उनीहरुले खेलको पहिलो हाफमा पाएका थिए । प्रतियोगिताको क्रममा हामीले प्रकाशमा अवस्था परिवर्तन भएको देख्यौं।
उनीहरुले साँच्चै राम्रो खेल खेले। यस प्रतियोगितामा यहाँसम्म पुग्न नसक्नु निराशाजनक छ । तर, जब हामीले पछिल्लो सात हप्ताको यात्रालाई हेर्छौं, हामी देख्नेछौं कि हामीले राम्रो टोलीसँग हारेका छौं।
भारत विश्वको उत्कृष्ट टोली हो र उनीहरु अहिले आफ्नो उत्कृष्ट क्रिकेट खेलिरहेका छन् । यस्तो अवस्थामा उनीहरुलाई जित्न गाह्रो छ । उनले यो पूरै प्रतियोगितामा देखाएको खेल अविश्वसनीय छ।उनीहरु पूर्ण आत्मविश्वासका साथ फाइनल पुग्नेमा कुनै शंका छैन ।
के हो विवाद ?
दावीका अनुसार ‘भारत र न्यूजिल्याण्डबीचको सेमिफाइनल खेलमा पिच नम्बर सात प्रयोग गरिने थियो, जुन पूर्णतया नयाँ पिच हो। तर, मंगलबार बीसीसीआई र आईसीसीका ५० भन्दा बढी अधिकारीहरूलाई व्हाट्सएपमा सन्देश पठाइएको थियो। पहिलो सेमिफाइनल खेल ६ नम्बरको पिचमा हुने पक्का भएको छ। जहाँ इङ्ल्यान्डविरुद्ध दक्षिण अफ्रिका र भारत र श्रीलंकाबीचको खेल भएको थियो।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ३० कार्तिक २०८०, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
यू–१९ विश्वकप क्रिकेट : भारतलाई आज चुनौती दिँदै नेपाल
विश्वकप क्रिकेटको उपाधि छैटौँपटक अस्ट्रेलियालाई, भारत स्तब्ध
विश्वकप क्रिकेटको फाइनल आज, भारत र अष्ट्रेलिया प्रतिस्पर्धा गर्दै
सन् २००३ को भन्दा यसपटक नतिजा फरक हुनेछ : गांगुली
विश्वकप क्रिकेट: अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीच आज सेमिफाइनल भिडन्त
न्युजिल्याण्डलाई पराजित गर्दै भारत १२ वर्षपछि विश्वकप क्रिकेटको फाइनलमा