विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै

सफल खबर संवाददाता

बुधबार, २९ कार्तिक २०८०, ०७ : ४७
विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड भिड्दै

एजेन्सी । विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा आज भारत र न्युजिल्यान्ड मुम्बईमा भिड्दैछन्।

यो खेल भारतलाई २०१९ विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग हारको बदला लिने अवसर हुनेछ।

तर, विश्वकपलगायतका आईसीसी प्रतियोगितामा भारतविरुद्ध न्युजिल्यान्डको रेकर्ड निकै राम्रो छ।

हालसम्म आईसीसी प्रतियोगितामा भारत र न्युजिल्यान्डबीच १० खेल भएका छन्, जसमध्ये ८ खेलमा न्युजिल्यान्ड विजयी भएको छ।

यहि लिग चरणमा भारतले धर्मशालामा न्यूजिल्यान्डलाई हराएको थियो, जुन २००३ को विश्वकपपछि पहिलोपटक थियो। 

प्रतिक्रिया दिनुहोस