नेवार समुदाय आज म्हः पूजा पर्व मनाउँदै

सफल खबर संवाददाता

मंगलबार, २८ कार्तिक २०८०, ०७ : ५०
नेवार समुदाय आज म्हः पूजा पर्व मनाउँदै

काठमाडौ । नेवार समुदायले आज म्हः (आत्म) पूजा गरेर नेपाल संवत् ११४४ मनाउँदैछन्।

हरेक वर्ष कात्तिक शुक्ल प्रतिपदाका (नेपाल संवतको नयाँ वर्ष प्रारम्भ हुने) दिन नेवार समुदायका मानिसले आफ्नो आत्म (म्हः) पूजा मनाउने गर्दछन्।

यस वर्ष सोमबार (हिजो) र मंगलबार (आज) दुई दिन प्रतिपदा तिथि परेको छ। भक्तपुरलगायत केही स्थानमा हिजो सोमबार नै नेपाल संवत्को नयाँ वर्ष मनाइएको छ र आत्मपूजा पनि हिजै गरिएको छ। भक्तपुर नगरपालिकाको निर्णयअनुसार हिजै म्हः पूजा गरिएको हो। 

देशका धेरै ठाउँमा भने आज मङ्गलबार नेपाल संवत्को नयाँ वर्ष र म्हः (आत्म) पूजा मनाइँदै छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पनि नेपाल संवत्को नयाँ वर्ष आजदेखि प्रारम्भ भएको जनाएको छ। 

 

प्रतिक्रिया दिनुहोस