काठमाडौँ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भूकम्प पीडित राहत कोषमा जम्मा गरेको रकम सरकारलाई हस्तान्तरण गरेको छ ।
बुधबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले सामाजिक सञ्जाल मार्फत संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायहरूबाट एकमुष्ट रूपमा चार करोड तेह्र लाख अन्ठानब्बे हजार नौ सय अठासी रुपैयाँ जम्मा गरी प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरेको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, ‘रु.चार करोड तेह्र लाख अन्ठानब्बे हजार नौ सय अठासी रुपैयाँ भूकम्प पीडित राहत कोषमा जम्मा गरी प्रधानमन्त्रीलाई चेक हस्तान्तरण गरियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतका निकायहरूबाट एकमुष्ट।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २२ कार्तिक २०८०, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाजरकोट भूकम्प पीडितका घर निर्माणको प्रक्रिया शुरू
भूकम्प पीडितको अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते
भूकम्प पीडितलाई भरतपुर महानगरको एक करोड सहयोग
नेपाल क्रिकेट संघ क्यानले गर्यो भूकम्प पीडितलाई २० लाख सहयोग
नेपाल—भारतमैत्री युवा संघले दियो जाजरकोटका भूकम्प पीडितलाई राहत