काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको विकासमा भारतीय सहयोग महत्त्वपूर्ण रहेको बताएका छन् । मंगलबार डा. महतले त्रिवि शिक्षण अस्पतालको मङ्गलादेबी बर्थिङ सेन्टरको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।
हेर्नुहोस् मन्त्री महतको भनाई जस्ताको त्यस्तै :
‘म धेरै अप्ठ्यारो समयमा अर्थमन्त्री बनेको हुँ, कोभिडको प्रभावले आर्थिक गतिविधिमा शिथिलता आएको थियो । मानिसहरूमा निराशा थियो । तर, अहिले बिस्तारै गति लिँदैछ, सामाजिक सञ्जालको पनि जमाना छ । नकारात्मक कुरा
‘अनुत्पादक क्षेत्रमा लगानी, कोभिडका बेला अत्याधिक पूँजी प्रवाह भयो, प्रतिफल आएन । घरजग्गा व्यवसायमा पनि एकदमै पूँजी प्रवाह भयो, त्यसले पनि केही समस्या पर्यो । सामाजिक सञ्जालमा पोस्ट भएको सामाग्रीले पनि आम मानिसमा आत्मविश्वास कम भएको छ ।’
‘अहिले रेमिटेन्स वृद्धि भइरहेको छ । पर्यटन व्यवसायमा उत्साह छाएको छ । यसले अर्थतन्त्रको गतिलाई वृद्धि गर्छ । त्यसकारण निराश हुनुपर्ने अवस्था छैन । अब आत्मविश्वास जगाउनुपर्ने आवश्यकता छ । यसका लागि नागरिक समाज, सरकार, निजी क्षेत्र र सबैले खर्च गर्न डराउनुपर्दैन, भोलिका दिनलाई सम्झेर मानिसहरू खर्च गर्न डराएको स्थिति थियो, अहिले त्यस्तो छैन । प्रतिफल आउँदैन कि भनेर लगानीकर्ताहरू डराएको स्थिति थियो । आम मानिसमा आत्मविश्वास नभएपछि रोजगारीमा असर पर्यो, आयमा असर पर्ने भयो, त्यस्तै राजश्वमा असर पर्ने भयो ।’
‘पुनर्निर्माणको ऋण तिर्ने बेला भएको छ, कर्मचारीको तलब भत्तासँग सँगै सामाजिक सुरक्षा भत्तामा हामी ठूलो रकम खर्च गर्छौ । यो तीनवटा शीर्षकमा छुटाइएको रकमले गर्दा पुँजीगत खर्च कम विनियोजन गर्नुपरेको छ । जसले गर्दा हामीले धेरै खर्च गर्न सकेका छैनौँ ।’
‘सीमित समयका लागि हामी अप्ठ्यारोमा परेका थियौँ, तर भविष्य उज्यालो छ । विश्व बैंक, एडिबीसँग हामीले जलवायु परिवर्तनको सन्दर्भमा न्यून ब्याजमा ऋण र अनुदानका विषयमा छलफल भएको छ । किनभने जलवायु परिवर्तन हाम्रा कारणले भएको होइन, त्यसकारण त्यसबाट आउने सहयोग नेपालले डिर्जभ गर्छ । यो माग्नेभन्दा पनि हाम्रो अधिकार हो भन्ने कुरामा हामीले जोड दिएका छौँ, सरकारी खर्चमा हामीले अनुशासन यम गर्न खोजेका छौँ । त्यसैले हाम्रो भविष्य उज्ज्वल छ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १९ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बैंकको ब्याजदर एक अकंमा झार्ने अर्थमन्त्री महतको दाबी
आगामी वर्ष ऋण भुक्तानी गर्न एक खर्ब चाहिन्छ : अर्थमन्त्री महत
बजेटका अधिकांश सूचक सकारात्मक : अर्थमन्त्री महत