काठमाडौँ । नेकपा माओवादी केन्द्रको उपत्यका विशेष प्रदेशले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितका लागि राहत पठाएको छ ।प्रदेश इन्चार्ज वर्षमान पुन अनन्तले गोङ्गबु नयाँ बसपार्क पुगेर सोमबार भूकम्प प्रभावित क्षेत्रका लागि राहत पठाएका हुन् ।
४ सय थान कम्बलसहित चाउचाउ र खाद्यान्न पठाइएको सो माओवादी सम्बद्ध मजदुर सङ्गठन अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्षसमेत रहेका प्रदेश अध्यक्ष जगत सिंखडाले बताए ।
यस्तै सिरक, त्रिपाल र म्याट ४/४ सय थान तथा ४ सय क्विन्टल चामल समेत पठाउन लागिएको पुनले जानकारी दिए । बुधबार वा बिहीबारसम्म राहत सामग्री प्रभावितका जिल्ला दैवी प्रकोप उद्धार समिति समक्ष पुग्ने गरी व्यवस्था मिलाइएको उनको भनाइ थियो ।
उनले प्रभावितहरू नियमित जीवनमा नफर्किँदासम्म पार्टी र सरकारका तर्फबाट राहत संकलन र वितरण जारी राखिने जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १६ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भूकम्प पीडितको अस्थायी टहरामाथि पहिरो खस्दा चार जना घाइते
भूकम्प पीडितलाई भरतपुर महानगरको एक करोड सहयोग
नेपाल क्रिकेट संघ क्यानले गर्यो भूकम्प पीडितलाई २० लाख सहयोग
नेपाल—भारतमैत्री युवा संघले दियो जाजरकोटका भूकम्प पीडितलाई राहत