काठमाडौँ । नेपाली राष्ट्रिय टोलीले आगामी विश्वकप फुटबल प्रतियोगिताका लागि मङ्सिरको पहिलो साता एसियाली क्षेत्रको दोस्रो चरणको छनोट खेल खेल्दैछ । सन् २०२७ मा आयोजना हुने एसियन कपका लागि समेत यो दोस्रो चरणको छनोट खेल हो ।दोस्रो चरणको पहिलो लेग खेलमा नेपालले मङ्सिर ५ गते त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा यमनको सामना गर्नेछ । नेपाल र यमनबिचको खेल साँझ ७ बजे सुरु हुनेछ ।
त्यसपछि नेपालले यमनको घरेलु मैदानमा दोस्रो लेग खेल खेल्नेछ ।यमन विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा निकै अगाडि रहेको छ । वरीयतामा यमन १५६औँ र नेपाल १७३औँ स्थानमा आसिन छन् । यमनविरुद्धको खेलका लागि २६ सदस्यीय नेपाली टोली हाल बन्द प्रशिक्षणमा रहेको छ ।
नेपाली टोलीलाई मुख्य प्रशिक्षक भिन्सेन्जो अल्बर्टोले प्रशिक्षण दिइरहेका छन् । घरेलु मैदानमा हुने यमनविरुद्धको खेलका लागि आवश्यक तयारी अगाडि बढाइसकिएको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ ।
एन्फाद्वारा मंगलबार आयोजित पत्रकार सम्मेलनमा जनाएअनुसार, दोस्रो चरणको खेलका लागि कमर्सियल र मिडिया राइट सिंगापुरस्थित स्पोर्ट फाइभलाई प्रदान गरिएको छ। यमनविरुद्धको खेलका लागि टिकटको मूल्य पनि निर्धारण गरिएको छ ।
एन्का अनुसार, नेपाल र यमनबिचको खेलका लागि साधारण प्यारापिटतर्फ टिकटको मूल्य चार सय रुपैयाँ निर्धारण गरिएको छ । भीआईपी प्यारापिटतर्फको टिकट मूल्य भने एक हजार रुपैयाँ कायम गरिएको एन्फाले जनाएको छ ।
उक्त खेलको टिकट एन्फा आफैले व्यवस्थापन गरी बिक्री गर्ने बताइएको छ । उक्त खेलको टिकट खेल हुने दिन बिहानदेखि दशरथ रङ्गशाला परिसरमा बिक्री गरिने एन्फाले जनाएको छ । यमनको राष्ट्रिय टोलीलाई अभ्यासलाई च्यासल रङ्गशालामा व्यवस्था मिलाइएको पनि एन्फाले जनाएको छ ।
उक्त खेलको प्रत्यक्ष प्रसारणका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जानकारी पनि एन्फाले दिएको छ । एन्फाका प्रवक्ता सुरेश शाहका अनुसार, नेपाल र यमनबिचको खेलको अनुमानित बजेट ७३ लाख ६८ हजार चार सय रुपैयाँ रहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २१ कार्तिक २०८०, १२ : २४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
ग्रे लिस्टबाट निस्कने नेपालको कार्ययोजना स्वीकृत
विश्वकप च्याम्पियन इटालियन गोलकिपर बफोन नेपाल आउने
किर्गिस्तानमाथि नेपालको पहिलो अग्रता
नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ माथि छलफलको प्रस्ताव स्वीकृत
नेपाल-कम्बोडिया सम्बन्धका विविध पक्षमा छलफल
नेपालले नेदरल्यान्ड्सलाई दियो १४६ रनको लक्ष्य