विश्वकप क्रिकेट : अफगानिस्तान र अष्ट्रेलिया भिड्दै

सफल खबर संवाददाता

मंगलबार, २१ कार्तिक २०८०, ०८ : ५४
विश्वकप क्रिकेट : अफगानिस्तान र अष्ट्रेलिया भिड्दै

एजेन्सी । आईसीसी विश्वकप क्रिकेटमा आज अफगानिस्तानले अस्ट्रेलियाको सामना गर्दैछ। 

जारी विश्वकपको सेमिफाइनल पुग्ने टिमको टुंगो लगाउनका लागि यो खेल महत्वपूर्ण रहेको छ। दिउँसो सवा २ बजे मुम्बईको वाङ्खडे रंगशालामा सुरु हुने खेलमा तेस्रो स्थानको अस्ट्रेलियाले छैटौं स्थानको अफगानिस्तानसँग खेल्नेछ।

आ​​जको खेलमा अस्ट्रेलियाले जित गर्दा गरे उसको सेमिफाइनल पुग्नेछ।  अफगानिस्तानको भने सेमिफाइनल सम्भावना अत्यन्तै न्यून हुनेछ। चौथो स्थानमा नै भएको न्युजिल्यान्ड र अफगानिस्तानको समान आठ अंक छ। तर कम नेट रनरेटका आधारमा अफगानिस्तान छैटौं स्थानमा छ। 

अब उसले अस्ट्रेलिया र दक्षिण अफ्रिकाको सामना गर्नु पर्नेछ। त्यसैले अफगानिस्तानले जित दर्ता गर्नुको विकल्प छैन।

यता अस्ट्रेलियाले अब अफगानिस्तान र बंगलादेशसँग मात्र खेल्न बाँकी छ। त्यसैले पाँच पटकको विश्व च्याम्पियन्सका लागि सेमिफाइनल यात्रा केही सहज छ। तर अफगानिस्तानले अस्ट्रेलियालाई हराउन सके उसको लागि ऐतिहासिक सावित हुनेछ।

पहिलो पटक विश्वकपको नकआउट चरणमा स्थान बनाउन सक्नेछ। यदि अफगानिस्तानले जित दर्ता गरे सेमिफाइनल पुग्ने दोस्रो एसियाली टोली बन्नेछ। जारी प्रतियोगितामा अपराजित भारत भने सेमिफाइनल पुगिसकेको छ। 

प्रतियोगिता अन्तरगत हिजो भएको खेलमा बंगलादेशले सान्त्वना जित निकालेको छ। जारी विश्वकपमा बंगलादेशको दोस्रो जित हो। बंगलादेशले श्रीलंकालाई तीन विकेटले पराजित गरेको हो। दुवै टोली सेमिफाइनल दौडबाट बाहिरिएका छन्।

प्रतिक्रिया दिनुहोस