काठमाडौं। डिश मिडिया नेटवर्क लिमिटेड (डिशहोम फाइवरनेट), नेपालको एक अग्रणी इन्टरनेट सेवा प्रदायकले टी २० विश्वकप फाइनल एसिया छनोटमा नेपाल टोलीलाई समर्थन गर्न नेपाल क्रिकेट संघ (क्यान)सँग सम्झौता गरेको छ।
डिशहोम फाइवरनेट र क्यानबीचको सहकार्यले जब अन्तर्राष्ट्रिय मञ्चमा छाप बनाउन प्रयासरत नेपाल टोलीलाई मद्दत पुग्ने कम्पनीको विश्वास छ ।डिशहोम फाइवरनेटको सहयोगमा टोलीले आर्थिक अवरोधविना आफ्नो प्रदर्शनमा ध्यान केन्द्रित गर्न सक्ने कम्पनीले जनाएको छ ।
डिशहोम फाइवरनेटका कार्यकारी उपाध्यक्ष रमेश सापकोटाले नेपाली टोलीलाई समर्थन गर्न र नेपाली क्रिकेटको प्रवर्द्धन गर्न पाउँदा उत्साहित भएको बताए । ‘हाम्रो प्रतिबद्धता क्यानलाई आवश्यक स्रोत र सहयोग उपलब्ध गराउनु हो’ उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, १५ : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सन्दीप लामिछानेलाई क्यानले गर्यो कारबाही
क्यानले तोक्यो एनपीएलको टिकट दर
विश्वकपमा छनौट यू-१९ महिला टिमलाई नगद पुरस्कार दिने क्यानको निर्णय
विश्वकपमा सहभागी क्रिकेट खेलाडीलाई जनही तीन लाख दिने क्यानको निर्णय
'क्यान' का पदाधिकारी र प्रधानमन्त्री ओली बिच भेटघाट
क्यानले उपाध्यक्षसहित चारजनालाई स्पष्टीकरण सोध्ने