काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ वर्षको पहिलो त्रैमासमा एनआईसी एशिया बैंकको नाफा ४२.४९ प्रतिशते घटेको छ ।
बैंकले शुक्रबार सार्वजनिक गरेको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणानुसार चालु आर्थिक वर्षको पहिलो त्रैमासमा एक अर्ब एक करोड तीन लाख रुपैयाँ नाफा आर्जन गरेको हो ।
गत आर्थिक वर्षको सोही अवधिमा बैंकले एक अर्ब ७५ करोड ६७ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको खराब कर्जामा वृद्धि भएसँगै नाफामा असार परेको देखिन्छ ।
वित्तीय विवरणानुसार बैंकको खराब कर्जा असोज मसान्तसम्म १.३७ प्रतिशत कायम भएको छ । गत वर्षको सोही अवधिमा खराब कर्जा ०.५९ प्रतिशत थियो ।
बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । बैंकले गत वर्षको असोज मसान्तसम्म तीन अर्ब ३३ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो । चालु आर्थिक वर्षको सोही अवधिमा दुुई अर्ब ७४ करोड रुपैयाँ मात्र खुद ब्याज आम्दानीबाट आर्जन गरेको छ ।
बैंकले दुई अर्ब ९४ करोड रुपैयाँ ऋण लगानी गरेको छ । तीन खर्ब ६३ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । यो बैंकको चुक्तापुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १७ कार्तिक २०८०, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एनआईसी एशिया बैंकको सहयोगमा निर्मित पुस्तकालय उद्घाटन
एनआईसी एशिया बैंकको सहयोगमा बाला सुन्दरी माविमा पुस्तकालय निर्माण
एनआईसी एशिया बैंकका ग्राहकलाई बुद्ध एयरको टिकट खरिदमा ८ प्रतिशत छुट
खातामा प्यान नम्बर अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह
एनआईसी एशिया बैंक र चन्द्रागिरि नगरपालिकाबीच सम्झौता
एनआईसी एशिया बैंकका ९५ प्रतिशत सेवा अनलाइनबाटै