कम्बोडियाको टेलिकममा अध्यक्ष ओलीको लगानी छ भन्ने दुर्गा प्रसाईलाई कारबाही होस् : सांसद ज्ञवाली

सफल खबर संवाददाता

विहीबार, १६ कार्तिक २०८०, १२ : ०८
कम्बोडियाको टेलिकममा अध्यक्ष ओलीको लगानी छ भन्ने दुर्गा प्रसाईलाई कारबाही होस् : सांसद ज्ञवाली

काठमाडौँ । नेकपा एमालेकी सांसद शोभा ज्ञवालीले प्रमुख प्रतिपक्षी दलका नेता केपी ओलीको आलोचना गर्ने मेडिकल व्यवसायी दुर्गा प्रसाईलाई कारबाही गर्न माग गरेकी छिन् ।बिहीबार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भनेर भ्रम सिर्जना गरिएको बताइन्।

सांसद ज्ञवालीले भनिन–‘यतिबेला दुर्गा प्रसाईजस्ता अराजक व्याक्तिले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकममा लगानी छ भन्दै भ्रम छर्ने काम गरिरहेका छन् । सुशासन र विकासमा सबैभन्दा योग्य साबित नेता केपी ओलीमाथिको प्रहार भनेको नेपाल र नेपाली जनतामाथिको प्रहार हो ।

यस्ता गलत भ्रम सिर्जना गर्ने अराजक तत्त्वलाई कारबाहीको दायरामा ल्याउन सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस