बर्दिया जिल्ला अस्पतालमा ९ जनाको दरबन्दी रिक्त छ : सांसद ज्ञवाली

सफल खबर संवाददाता

मंगलबार, ०८ साउन २०८१, १४ : ४८
बर्दिया जिल्ला अस्पतालमा ९ जनाको दरबन्दी रिक्त छ : सांसद ज्ञवाली

काठमाडौँ । सांसद शोभा ज्ञवालीले बर्दिया जिल्ला अस्पतालमा ९ जनाको दरबन्दी रहेपनि रिक्त रहेको बताएकी छिन् । मंगलबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै सांसद ज्ञवालीले ९ जनाको दरबन्दी रहेपनि सबै दरबन्दी रिक्त रहेको बताएकी हुन् ।

यस्तै, अस्पतालमा डाइलासीस सेवा सञ्चालन आएपनि सो सेवा सञ्चालन हुन नसकेको उनले बताइन् ।यस्तै, अस्पतालमा आइसीयु सञ्चालन हुन नसकेको बताउँदै सो सेवा सञ्चालन गर्न माग राखिन् ।  यस्तै, सो अस्पतालमा बाल उपचार सेवा सञ्चालन हुन नसकेको समेत उनले जानकारी गराइन् ।

प्रतिक्रिया दिनुहोस